सुपरसोनिक क्रूज मिसाइलले ‘बुल्स आई’-लाई सफलतापूर्वक हिट गऱ्यो
नयाँ दिल्ली: भारतीय नौसेनाले पहिलो पटक गाइडेड मिसाइल डिस्ट्रयर आईएनएस गोरमुगाओबाट ब्रह्मोस सुपरसोनिक मिसाइलको फायरिङ गरेर ‘बुल्स आई’-लाई सफलतापूर्वक हिट गऱ्यो। स्वदेशी जहाज र शक्तिशाली ब्रह्मोसले नएक साथ प्रदर्शन गरे समुद्रमा भारतको आत्मनिर्भरता अनि भारतीय नौसेनाको मारक क्षमताको अर्को चम्किलो प्रतीकलाई चिन्हित गरेको छ। नौसेनाका प्रवक्ता कमाण्डर विवेक मधवालले बताएअनुसार, भारतीय नौसेनाले स्वदेशी बुस्टरको साथमा ब्रह्मोस मिसाइलको एन्टी-शिप भर्जनको सफल परीक्षण गरेको छ, जसले भारतको आत्मनिर्भरताप्रति नौसेनाको प्रतिबद्धतालाई सशक्त बनाउँछ। उनले भने, ‘मिसाइलको परीक्षण गाइडेड मिसाइल डिस्ट्रय वारशिप आईएनएस मोरमुगाओबाट गरिएको छ। मिसाइलमा स्वदेशी सामग्री बढ़ाउनेमाथि ब्रह्मोस एयरोस्पेसले लगातार काम गरिरहेको छl’
आईएनएस मोरमुगाओको डिजाइन भारतीय नौसेनाको स्वदेशी संगठनले तयार गरेको हो। यसको निर्मआम मझगाउँ डक शिपबिल्डर्स लिमिटेड मुम्बईले गरेको छ। आधुनिक हतियारहरूद्वारा लैस परमाणु, जैविक र रासायनिक युद्धमा सक्षमा ‘मोरमुगाओ’ जहाज भारतीय नौसेनाको नयाँ शक्ति हो जसलाई ब्रह्मोस सुपरसोनिक क्रूज मिसाइलबाट लैस गरिनुछ। यसलाई रक्षा मन्त्री राजनाथ सिंहको उपस्थितिमा गत वर्षको १८ दिसम्बरमा मुम्बईको नौसेना डकयार्डमा नौसेनाको बेड़ामा सामेल गरिएको थियो। यो प्रोजेक्ट १५बीअन्तर्गत बनाइएको स्टील्थ गाइडेड मिसाइल विध्वंसकको दोस्रो जहाज हो। -हिस