महाराष्ट्र: १६ विधायकहरूको अयोग्यताको मुद्दामा विधानसभा अध्यक्ष र शिवसेना (उबाठा) मुखामुखी

00-1-Rashtriya-Samachar-6

मुम्बई: शिवसेना (शिन्दे समूह)-का १६ जना विधायकहरूको अयोग्यताको मुद्दामा विधानसभा अध्यक्ष राहुल नार्वेकर र शिवसेना (उद्धव बालासाहेब ठाकरे-उबाठा) समूह मुखामुखी भए। नार्वेकरले लण्डनबाट बताएका छन्, उनी यस मुद्दामा चाँड़ै कुनै निर्णय लिन सक्दैनन्। जबकि शिवसेना (उबाठा) नेता सञ्जय राउतले भनेका छन्, ‘नार्वेकरले सर्वोच्च अदालतको आदेशअनुसार यस मुद्दामा समयबद्ध ढङ्गमा निर्णय लिनुपर्छl’

वास्तवमा शिवसेना (शिन्दे समूह)-का १६ जना विधायकहरूले सबैभन्दा पहिला शिवसेनाबाट विद्रोह गरेर पहिला सूरत त्यसपछि गुवाहाटी गएका थिए। पछि शिवसेनाका अन्य २३ जना विधायकहरूले गुवाहाटी पुगेर शिन्दे समूहलाई समर्थन गरेका थिए। त्यसैबेला विधानसभा उपाध्यक्ष नरहरि झिरवल समक्ष तत्कालीन शिवसेना व्हिप सुनिल प्रभुले १६ जना विधायकहरूलाई अयोग्य घोषित गर्ने प्रस्ताव पेश गरेका थिए।

त्यसपछि शिन्दे समूहले यस मामिलामा सर्वोच्च अदालतमा याचिका दर्ता गराएको थियो। सर्वोच्च अदालतले मामिलामाथि सुनवाई गर्दै १६ जना विधायकहरूको अयोग्यतामा विधानसभा अध्यक्षले समयबद्ध ढङ्गमा निर्णय लिने आदेश दिएको छ। विधानसभा अध्यक्ष नार्वेकर यसबेला लण्डनमा छन्। नार्वेकरले लण्डनबाटै मीडियालाई बताएका छन्, उनी यस मामिलामा समयबद्ध ढङ्गमा निर्णय दिन सक्दैनन्। ‘निर्णय सुनाउनअघि हरेक पाटा र पक्षहरूको जाँचबुझ गर्न आवश्यक छ’, उबले भनेका छन्।

त्यसपछि आइतबार शिवसेना (उबाठा) नेता सञ्जय राउतले भने, ‘राहुल नार्वेकरको काम नै दलबदल गर्ने, गराउने र दलबदललाई प्रोत्साहित गर्ने हो। नार्वेकरको दलबदलको लामो इतिहास छ। दलबदललाई भडकाउनु राहुल नार्वेकरको धन्दा हो। यसैले हामीलाई उनीबाट न्यायको आशा छैनl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement