‘द केरला स्टोरी’ नौ दिनमा १०० करोड़को क्लबमा प्रवेश

00-1-The-Kerala-Story-4

मुम्बई: फिल्मकार विपुल अमृतलालको फिल्म ‘द केरला स्टोरी’ रिलीज भएको नौ दिन भएको छ, तर फिल्मलाई लिएर जारी विवाद अझै रोकिएको छैन। एकातिर फिल्मलाई लिएर विवाद चुलिॅंदै गइरहेको छ भने अर्कोतिर फिल्मको कमाई पनि लगातार रूपमा बढ़िरहेको छ। फिल्मले नौ दिनमा बजेटभन्दा दुई गुणा कमाई गरेको छ। फिल्म ‘द केरला स्टोरी’ ले १०० करोड़ रुपियाँ कमाउने फिल्मको लिस्टमा प्रवेश गरेको छ। फिल्मले नवौं दिन १९.८० करोड़ रुपियाँ कमाई गऱ्यो। फिल्मले अहिलेसम्म ११२.८७ करोड़ रुपियाँ कमाई गरेको छ। फिल्ममा अभिनेत्री अदा शर्माको अभिनयको निकै प्रशंसा भइरहेको छ। -हिस

About Author

Advertisement