मुम्बई: महाराष्ट्रमा अकोलाको पुराने शहर क्षेत्रमा शनिबार अबेर राति विवादित पोस्टलाई लिएर दुई गुटमाझ कुटपिट भएपछि आगलागी र ढुङ्गामुड़ाको घटना पनि घट्यो, जसमा एक व्यक्तिको मृत्यु भएको छ। यस घटनामा अऩ्य दशजना घाइते भएका छन्। घाइतेहरूमा दुईजना पुलिसकर्मी पनि सामेल छन्। रामदास पेठ पुलिस स्टेशनको टीमले यस मामिलामा अहिलेसम्ममा २६ जनालाई हिरासतमा लिसकेको छ। गृहमन्त्री देवेन्द्र फडणवीसले घटनालाई लिएर जाँच गर्ने आदेश दिएका छन्। -हिस