कोलकाता: पश्चिम बङ्गाल नगरनिगमहरूको नियुक्तिमा भएको भ्रष्टाचार र रूपियाँ असूलीको मामलामा प्रवर्तन निदेशालय (ईडी)ले प्राथमिकी दर्ता गरेको छ। एक दिनअघि शुक्रबार नै कलकत्ता उच्च अदालतका न्यायधीश जस्टिस अभिजीत गांगुलीले सीबीआई जाँचको आदेश दिएका थिए। त्यही अनुसार, ईडीले धन शोधन अधिनियमको धारा ४२०, १२० बी, ४६७ बाहेक भ्रष्टाचार निरोधक अधिनियम ७, ८, १२, १३ र वित्तीय भ्रष्टाचारको धारा तीनअन्तर्गत मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
ईडीका स्रोतत्रहरू अनुसार, यस मामिलामा पक्रा परेका तृणमूल नेता एवं प्रमोटर अयन सील, उसको कम्पनी एबीएस इन्फ्रास्ट्रक्चर प्राइवेट लिमिटेड र अन्यको नाम प्राथमिकी दर्ता गरिएको छ। ईडीअघि सीबीआईले यस मामिलामा प्राथमिकी दर्ता गरेको छ। अब ईडीले छिट्टै नै जेलमा गएर अयन सीलसित सोधपुछ गर्नेछ। सीबीआई पनि यही तयारीमा छ। -हिस