आईपीएल २०२३: लखनऊ सुपर जाइण्ट्सको रोमाञ्चक जीत

IMG-20230513-WA0254.jpg

१३ मईः इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को ५८औं म्याचमा लखनऊ सुपर जाइण्ट्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गऱ्यो। यस जीतको साथै २ महत्त्वपूर्ण पोइण्ट्स हासिल गरी आईपीएल पोइण्ट्स टेबलको चौथो स्थानमा पुगेर लखनऊको टीमले प्लेअफ्-मा स्थान बनाउने सम्भावनालाई पनि जीवित राख्यो। लखनऊसँग अहिले १२ वटा म्याचमा १३ पोइण्ट्स रहेको छ। यसरी आजको हारपछि सनराइजर्सको निम्ति चाहिँ प्लेअफ्-मा पुग्ने बाटो साँघुरिन पुग्यो। सनराइजर्स अहिले ११ वटा म्याचमा ८ पोइण्ट्स लिएर नवौं स्थानमा रहेको छ। शनिवार खेलिएको म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै सनराइजर्सले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनायो। हेनरिक क्लासेनले ३ वटा छक्का र ३ वटा चौकाको साथ २९ बलमा सर्वाधिक ४७ रन बनाए। यसरी अब्दुल सामदले ४ वटा छक्का र एउटा चौकाको साथ २५ बलमा अविजित ३७ रन बनाए। यी दुई बाहेक अनमोलप्रीत सिंहले ३६, कप्तान एडन मार्करमले २८ र राहुल त्रिपाठीले २० रन बनाए। लखनऊका बलरहरूमा कप्तान क्रुणाल पाण्ड्याले सर्वाधिक २ विकेट लिए। जवाफमा लखनऊ सुपर जाइण्ट्सले १९.२ ओभरमा ३ विकेट गुमाएर १८५ रन बटुल्दै म्याच जित्यो। प्रेरक माकड़ले ७ वटा चौका र २ वटा छक्काको साथ ४५ बलमा अविजित ६४ रन बनाए। यसरी निकोलस पूरनले ४ वटा छक्का र तीनवटा चौकाको साथ १३ बलमा अविजित ४४ रन बनाए। यी दुई बाहेक मार्कस स्टोइनिसले ४० र क्विण्टन डीककले २९ रन बनाए।

About Author

Advertisement