कालचिनीः कालचिनी खण्डको भातखावा चियाबारीको सेक्सन नम्बर २सी मा राखिएको पिञ्जड़ामा शनिबार साँझ एउटा चितुवा फसेको गाउँलेहरूले जनाएका छन्। साँझपख मात्र गाउँलेहरुले पिञ्जड़ामा चितुवा फसेको थाह पाउँदा सो चितुवा हेर्न भीड़ भएको थियो। गाउँलेहरूले बताएअनुसार पिञ्जड़ामा थुनिएको चितुवा चोटै चोटले घाईते बनेको छ भने समयभित्रै यसलाई लगेर उपचार नगरिए चितुवा बाँच्न साह्रो पर्नेछ।
यता बन विभागलाई यसको जानकारी भईसकेको र घटनास्थलमा बनकर्मीहरू पुगेर चितुवा उद्धार गरेर लगेको गाउँलेहरूले जनाएका छन्।