पंजाबः स्वर्ण मन्दिर परिसरमा पाँच दिनमा तेस्रो विस्फोट, पाँच जना पक्राउ

00-1-Golden-Templet_819

चण्डीगढ़: पंजाबमा अमृतसरस्थित स्वर्ण मन्दिर (दरबार साहिब) परिसरमा गएराति फेरि विस्फोट भयो। पाँच दिनमा यो तेस्रो घटना हो। यस मामिलामा अहिलेसम्म पाँच जनालाई पक्राउ गरिएको छ। गएको शनिबारदेखि भइरहेको विस्फोटलाई लिएर पुलिस तथा पंजाब सरकारमाथि प्रश्न उठ्न थालेको छ। आजभन्दा पहिला भएका दुई विस्फोटको जाँच एनआईए र एनएसजीले गरिरहेको छ। स्वर्ण मन्दिरमा हरेक दिन देश-विदेशबाट लाखौंको सङ्ख्यामा श्रद्धालुहरू आउने गर्छन्। बुधबार-बिहीबार राति लगभग १२ बजेर ३० मिनेटमा भएको विस्फोटपछि यहाँ आतङ्कको माहोल छाएको छ।

पुलिसले आरोपीतहरूलाई पक्रन अलग-अलग टीम गठन गरेको छ। प्राथमिक जाँचअनुसार, यो विस्फोट अबेर राति श्री गुरु रामदास सराय छेउ करिब १२:१५ देखि १२:३० बजेबीच भयो। घटनाको बारेमा सूचना पाउनसाथ पुलिस अधिकारी त्यहाँ पुगे। पुलिसले घटनास्थलबाट विस्फोटका अवशेषहरू सङ्ग्रह गर्न शुरू गरेका छन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement