नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको १,६९० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४९,७६,५९९ पुगेकाे छ। विगत २४ घण्टामा केरलाद्वारा मिलाइएको २ वटा मृत्युकाे साथ १४ जनाकाे मृत्यु दर्ता भएको छ। यससगैं हालसम्म कोरोनाले मृत्यु हुनेको कुल संख्या ५,३१,७३६ पुगेको छ। यसरी नै यस अवधिमा ३,४६९ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४४,२५,२५० जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७७% रहेको छ।
हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या कमेर १९,६१३ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता १.१५ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता १.६३ प्रतिशत रहेको छ।
भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी.एम.आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी १,४७,१७७ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,८२,१६,४६४ जनको परीक्षण भइसकेको छ। यसरी नै २४ घण्टमा २,१९४ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,८६,७६४ जनाले यो खोप लगाइसकेको छन्।