बीजीबीका महानिदेशकले आईसीपी फुलबाडीको भ्रमण

IMG-20230408-WA0112.jpg

सिलगढ़ीः बर्डर गार्ड बङ्ग्लादेश (बीजीबी) का महानिदेशक मेजर जनरल एकेएम नजमुल हसनले बुधवार उत्तर बङ्गाल फ्रण्टियरको सिलगढी सेक्टर अन्तर्गत १७६औँ बटालियन बीएसएफको क्षेत्रमा भारत-बङ्ग्लादेश सीमामा आईसीपी फुलबाडीको भ्रमण गरे। यसावधि उनीसॅंग बीजीबीको उत्तर पश्चिम क्षेत्रका रीजन कमाण्डर, बीजीबीका ठाकुरगाउॅं र पञ्चगढको सेक्टर कमाण्डर, १८ बीजीबीका कमाण्डिङ अफिसर र अन्य बीजीबी अधिकारीहरू पनि थिए।

उनले बीएसएफ अधिकारीहरू र सीमा जवानहरूसॅंग कुराकानी गरे। बर्डर गार्ड बङ्ग्लादेशका महानिदेशकले जवानहरूको मनोबल बढाए अनि भारत-बङ्ग्लादेश सीमाको प्रभावी ढङ्गमा रक्षाका प्रयासहरूको सराहना गरे। बीजीबीका महानिदेशकले उत्तर बङ्गाल फ्रण्टियर बीएसएफका महानिरीक्षक र बीएसएफका अन्य अधिकारीहरूसॅंग स्मृति चिन्ह आदान-प्रदान गरे।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement