जीवन्त गाउॅं कार्यक्रमको निम्ति जिल्लास्तरीय कमिटीको बैठक सम्पन्न

IMG-20230511-WA0014.jpg

मंगनः मंगन जिल्लाका जिल्लापाल हेमकुमार छेत्रीले जीवन्त गाउॅं कार्यक्रमको निम्ति जिल्लास्तरीय कमिटीको पहिलो बैठकको अध्यक्षता गरे। पेन्टोकस्थित जिल्ला प्रशासनिक केन्द्रमा आयोजित बैठकमा जिल्लापाल लगायत मंगनकी एडीएम छिरिङ याङडोन, चुङथाङका एडीसी, एसडीएम, बीडीओ तथा विभागीय अधिकारीहरू उपस्थित थिए।

बैठकमा जीवन्त गाउॅं कार्यक्रमको कार्य योजनामाथि चर्चा गरियो। बैठकमा खुल्ला अन्तरक्रिया सत्र पनि राखिएको थियो जसमा उपस्थित अधिकारीहरूले सुझाउहरू दिएका थिए। जिल्लापाल छेत्रीले सीमा क्षेत्रका गाउॅंहरूमा आजीविका योजनाहरू लागू गर्दै विकास सुनिश्चित गर्नु जीवन्त गाउॅं कार्यक्रमको उद्देश्य रहेको बताए।

About Author

Advertisement