खरसाङ: तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीको पहलमा घैयाबारी ग्राम पञ्चायत दुई तीनधारे क्षेत्रलाई लिएर कफि खेतीमाथि प्रशिक्षण शिविर सम्पन्न भएको छ। तीनधारेको शंकरनिवासस्थित ब्रम्हामन्दिर प्राथमिक पाठशालामा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने क्षेत्रहरूका युवाहरू र कृषकहरूलाई लिएर कफि खेतीमाथि प्रशिक्षण शिविर आयोजना गरिएको छ। उक्त प्रशिक्षण शिविरमा तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्री विशेष रूपमा उपस्थित रहेका थिए भने प्रशिक्षण शिविरलाई सीबी भुजेलले सञ्चालन गरेका थिए। उक्त कफि खेतीमाथि सम्पन्न प्रशिक्षण शिविरमा मुख्य रूपमा पोख्रेबुङबाट राबाञ्जल मसरुम, फ्रुट्स एण्ड एगरो आरईएच ईण्डस्ट्रीस को-अोपरेशन सोसाइटीको निर्देशक बिक्रम प्रधान उपस्थित रहेका थिए। उनले नै प्रशिक्षण शिविरमा उपस्थित सबैलाई कफी खेती विषयमा सचेतना गराउनको साथै कफि खेती विषयमा जानकारी गराएका थिए। यसावधि घैयाबारी ग्राम पञ्चायत दुईको विभिन्न क्षेत्रहरूमा कफि खेतीको सम्भावना र यसको खेती विषयमा जानकारी साथै अन्तर्क्रिया गरिएको थियो। उक्त अन्तर्क्रियामा उपस्थित सबैले आफ्ना आफ्ना प्रश्नहरू र जिज्ञासाहरू मुख्य प्रशिक्षक बिक्रम प्रधान समक्ष राखेका थिए। उनले पनि कफि खेती विषयमा जानकारी गराउँदै विभिन्न प्रश्नहरूको उत्तर दिएका थिए। उक्त कफि खेती विषयमा सम्पन्न प्रशिक्षण शिविरमा घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत चुनभट्टी, दुई नम्बर, तीनधारे ,तीनधारे चियाबारीको प्रतिनिधिहरू उपस्थित रहेका थिए। तीनधारेमा सम्पन्न कफि खेतीमाथि सम्पन्न प्रशिक्षण शिविर विषयमा पत्रकारहरूसित कुराकानी गर्दै तीनधारे महानदी समष्टिको सभासद नवराज छेत्रीले तीनधारे महानदी समष्टिको आयोजनामा नै यो कफि खेतीमाथि प्रशिक्षण शिविर सम्पन्न भएको छ र यस्तो प्रकारको प्रशिक्षण शिविर आगामी दिनमा तीनधारे महानदी समष्टि अन्तर्गत पर्ने चारवटै ग्राम पञ्चायतहरूमा आयोजना गरिने जानकारी गराएका छन्। उनले आज घैयाबारी ग्राम पञ्चायत दुई अन्तर्गत पर्ने तीनधारे क्षेत्रमा गरिएको छ अबको केही समयपछि घैयाबारी ग्राम पञ्चायत तीनक लागि आयोजना गरिने त्यसपछि अन्य ग्राम पञ्चायतहरूमा पनि गरिने जानकारी गराएका छन्।









