नक्सलीहरूद्वारा दल्ली-रावघाट-जगदलपुर रेललाइनको विरोध

00-Railway-Track

जगदलपुर: नक्सलीहरूको उत्तर सब जोनल ब्यूरोका प्रवक्ता मंगलीले प्रेस नोट जारी गर्दै दल्ली-रावघाट-जगदलपुर रेललाइन बस्तरको विकासको निम्ति होइन विनाशको निम्ति हो भनेकी छन्। रेल सङ्घर्ष समितिको रेल मागको आन्दोलनलाई पूंजीपतिहरूद्वारा प्रायोजित बताउँदै रेललाइन माग आन्दोलनलाई बन्द गर्न आह्वान गरिएको छ। जारी प्रेस नोटमा नक्सलीहरूले दल्ली-रावघाट-जगदलपुर रेललाइनको विरोध गर्न एवं पर्यावरणलाई बचाउन तथा सही विकासको निम्ति संघर्ष गर्न कुरा गरेका छन्। रेल सङ्घर्ष समितिको आन्दोलनको विरोधमा नक्सलीहरूको विरोधपूर्ण प्रेस नोटबाट बस्तरलाई रेल सेवासित जोड्नमा नक्सली पनि एक बाधा बनेर अघि आउने देखिएको छ। -हिस

About Author

Advertisement