कोलकातामा अमित शाहले टैगोरलाई श्रद्धाञ्जली दिए

00-1-Amit-Shah-Home-Minister

कोलकाता: आफ्नो एक दिवसीय भ्रमणान्तर्गत कोलकाता आइपुगेका केन्द्रीय गृहमन्त्री अमित शाहले आज कविगुरू रवीन्द्रनाथ टैगोरलाई जन्म जयन्तीको अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्। शाहको भ्रमणलाई मध्यनजर गर्दै जोड़ासांको क्षेत्रमा सुरक्षाको कठोर बन्दोबस्त गरिएको थियो। एसपीजीसहित कोलकाता पुलिसका विशेष प्रशिक्षित जवानहरूलाई उनको सुरक्षामा तैनाथ गरिएको छ। बिहान करिब १०:४५ बजे शाह जोड़ासांकोस्थित ठाकुरबाड़ी पुगे जुन गुरूदेव रवीन्द्रनाथ टैगोरको पैतृक आवास हो। यहीँ उनको जन्म भएको थियो। यहाँको परिसरमा गुरूदेवको आवक्ष प्रतिमा स्थापित गरिएको छ जसमाथि अमित शाहले माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरे।

यहाँ शाहले मीडियासित कुराकानी गरेनन्। तर उनले जोड़ासांको सम्पूर्ण परिसरमा घुमेर यहाँका दृश्यहरूको अवकोलन गरे। उनको साथमा प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदार, नेता प्रतिपक्ष शुभेन्दु अधिकारी, केन्द्रिय गृह राज्य मन्त्री निशित प्रमाणिक र भाजपाका पूर्व राज्यसभा सांसद स्वपन दासगुप्ता पनि उपस्थित थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement