कोलकाता: भर्तीको माग गरिरहेका नौकरी उम्मेदवारहरूको करूणामयीको एसएससी अफिस घेरावको समय निकै हंगामा भएको छ। पुलिस र आन्दोलनकारी नौकरी चाहनेहरूबीच झड़प भएको छ। नौकरी उम्मेदवारहरूलाई एसएससी भवनमा जान अगावै पुलिसले रोकेको आरोप छ। उम्मेदवारहरूले ब्यारिकेडिड तोड्ने प्रयास गर्दा पुलिसले उनीहरूलाई धक्का दिनु शुरू गरे प्रदर्शनकारीहरूले आरोप लगाएका छन्, अभियानलाई विफल तुल्याउनका लागि पहिले नौकरी चाहनेहरूलाई रोकियो। पछि उनीहरूमाथि लाठी चार्ज भयो प्रदर्शनकारीहरूलाई पुलिस भ्यानमा चढ़ाउनका लागि घसिटिएको पुलिसमाथि आरोप लगाइएको छ। भीषण गर्मीमा केही उम्मेदवारहरू बिरामी पनि परे।