नदीबाट अवैध रूपमा बालुवा उठाउने छवटा मशीन जफ्त

1600x960_301630-snad.jpg

कामरूप: वन विभागले कामरूप (ग्रामीण) जिल्लाको गोराईमारीको लाख्वाजानमा छापा मारेर अवैध रूपमा बलुवा उठाउनका लागि उपयोगमा ल्याइने मशीनहरूलाई जफ्त गरेको छ। सोमवार गोराईमारीमा वन अधिकारी नृपेन कलिताको नेतृत्वमा वन विभागको टीमले एक सूचनापछि लाख्वाजानमा छापा मार्यो ।टीमले कालही नदीबाट अवैध रूपमा बलुवा खननमा प्रयोग हुने छ मशीनलाई जफत गरेको छ।
यद्यपि, यस सम्बन्धमा कसैलाई पक्राउ गरिएको छैन। जानकारी अनुसार, वन विभाग आएको सूचना पाएर बलुवा माफिया घटनास्थलबाट भाग्यो।

About Author

Advertisement