कोलकाता: राज्यपाल डा. सीवी आनन्द बोसले राज्यमा संवैधानिक संकट परे चुप लागेर नबस्ने बताएका छन्। आज जोरसाँको ठाकुरबाडीमा आयोजित कार्यक्रममा बोल्दै राज्यपालले राज्यमा कानुनी वा संवैधानिक संकटमा आफू चुपचाप नबस्ने बताए। ‘चुप नबस्ने’ भन्ने राज्यपालको सन्देशलाई महत्वपूर्ण मानिएको छ।