सिलगढी: पश्चिम बंगालले कुडो नेशनल च्याम्पियनशीप प्रतियोगितामा १० वटा स्वर्ण पदक जितेर चौथो स्थान हासिल गरेको छ। आज पदक विजेताहरूलाई सिलगढीमा भव्य स्वागत जनाइयो।यो प्रतियोगिता गत १ मईदेखि६ मईसम्म पुणेको नेताजी सुभाष मिलिट्री स्कुलमा आयोजित गरिएको थियो भने यस प्रतियोगितामा विभिन्न राज्यका प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। यस प्रतियोगितामा पश्चिम बंगालका मोठ ७० जना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। बंगालका प्रतियोगीहरूले २६ वटा पदक जितेको छ, जसमा १० वटा स्वर्ण पदक सामेल छ। शीर्ष दस प्रतियोगीले आगामी दिनमा अक्षय कुमारद्वारा आयोजित अन्तर्राष्ट्रिय कुडो टुर्नामेन्टमा अंश ग्रहण गर्नेछन्। यस सम्बन्धमा कुडो इन्टरनेशनल फेडरेशन अफ इन्डियाका संयुक्त बताएअनुसार पश्चिम बंगालका प्रतियोगीहरूले २६ वटा पदक जितेका छन्।









