प्राथमिक नियुक्तिमा कुन अनियमितताको जाँच भईरहेछ भनी हाई कोर्टले गर्यो प्रश्न

IMG-20230410-WA0169.jpg

कोलकाता: कलकत्ता हाईकोर्टले सीबीआईलाई प्राथमिक नियुक्ति प्रक्रियामा कुन अनियमितताको जाँच गरिरहेको छ भनी सोधेको छ। हाईकोर्टका मुख्य न्यायाधीश टी एस शिवगणनमको अध्यक्षता रहेको खण्डपीठले सोमवार यो प्रश्न सोधेका छन्।खण्डपीठले सीबीआईलाई यस प्रश्नको जवाफ आगामी सात दिनभित्र रिपोर्टको रूपमा पेश गर्ने निर्देश दिएको छ।खण्डपीठले सीबीआईसित प्राथमिक विद्यालयहरूमा २६९ जनाको अवैध भर्तीको जाँचको क्रममा सोध्यो, के सीबीआईले केवल यस मामिलाको जाँच गरिरहेछ या पूरा भर्ती प्रक्रियामा अनियमितताहरूको आरोपहरूको जाँच चलिरहेछ? यद्यपि, सीबीआईले हालमा सुप्रिम कोर्टलाई पनि बताएको छ कि उसले प्रारम्भिक भर्तीको पूरा प्रक्रियाको जाँच गरिरहेछ। हाईकोर्टका मुख्य न्यायाधीशको खण्डपीठले सीबीआईलाई आफ्नो जवाफ लिखितमा दर्ता गर्नका लागि १५ मईसम्मको समय दिएको छ।

About Author

Advertisement