मिरिक: हाम्रो पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङमाथि भएको प्राणघातक आक्रमण भएको थियो। यसपछि तिनलाई सिलगढीको एक निजी नर्सिङ होममा भर्ना गरिने भएको थियो।तर उनको सुरक्षा विषयलाई केन्द्र गरेर प्रश्न उठेपछि मिरिक खण्ड स्वास्थ्य केन्द्रमा नै उनलाई भर्ना गरिएको थियो। आफ्नो परिवार, समर्थकहरू लगायत मिरिक ब्राञ्च अध्यक्ष प्रशान्त लामाको विशेष सतर्कता एवं सुरक्षा बीच घिसिङको उपचार चलिरहेको थियो भने आज उनी ठीक भएर आफ्नो घर फर्के।
केही दिन पछि अन्य आवश्यक चिकित्साको निम्ति चाँजो मिलाइएको जान्नमा आए तापनि यस विषयमा घिसिङले केही बोल्न चाहेनन्।
स्मरण रहोस् घिसिङमाथि भएको हमलामा संलग्न एक व्यक्तिलाई गाउलेहरुले समातेर मिरिक पुलिसलाई घटना कै रात सुम्पिए तापनि मुख्य आरोपी, आक्रमणमा प्रयोग गरिएको गाडी सहित अझसम्म फरार रहेकोले छ।