खरसाङ: खरसाङ शहरदेखि केही टाढा गोथल्स साइडिङमा अवस्थित सातकन्या सिंहदेवी मन्दिरमा आगामी १० मई पञ्चमीको दिन पूजा अर्चनाको कार्यक्रम हुने भएको छ। यसबारे जानकरी दिँदै स्थानीय बिरेन लामा अनि गाउँलेहरूले त्यस पूजा समारोहमा सबै श्रद्धालु भक्तजनहरूलाई उपस्थित भइदिने आग्रह गरेका छन्। उक्त मन्दिरबारे जानकारी गराउँदै बिरेन लामा अनि गाउँलेहरूले यो मन्दिर प्राय: दुइ- तीनसय वर्ष पुरानो रहेको जनाउँदै यद्यपि आजसम्म यस मन्दिरलाई पक्की बनाउन नसकिएको दुःख व्यक्त गरे। तिनीहरूले आजसम्म यस मन्दिरमा पूर्ण रूपले सात्विक ढ्ङ्गमा पूजा अर्चना गर्दै आइरहेको बताउँदै अझ यस मन्दिरलाई पूर्ण रूपले असल ढ्ङ्गमा बनाउन सकिए यहाँ धेरै भक्तजनहरू आउन सक्ने विश्वास व्यक्त गरे। यो मन्दिर अनि यहाँकी माताको शक्तिबारे जानकारी दिँदै यस मन्दिरमा धेरै शक्ति रेहेको औं छ्यात् छ्याती रहेको जनाए। तिनीहरूले यस मन्दिर निर्माणको निम्ति सबै श्रद्धालु भक्तजन तथा सहयोगीहरुलाई सहयोग प्रदान गरिदिने आग्रह गरेका छन्। कुनै समय यहाँको एउटा दूधलेको रुखमा सर्पको आकार रहेको जनाउँदै यदि यस क्षेत्रमा कसैले अनैतिक कार्य गरे अथवा कुनै बदमासी गरे उसको निम्ति अनर्थ हुने गरेको पनि तिनीहरूले बताए। आगामी १० मईको दिन हुने पूजा अर्चनाको निम्ति अहिले मन्दिर सर सफाईको कार्यक्रम भइरहेको जनाउँदै यद्यपि मन्दिरको यस्तो अवस्था देखेर खरसाङ मण्टिभियट निवासी शिवभक्त अनि उनका परिवारद्वारा मन्दिरको निम्ति आवश्यक सामग्रीहरु प्रदान गरिदिएकोमा उनी अनि उनको परिवारप्रति आभार प्रकट गरेका छन्।

आगामी दिनहरुमा पनि उहाँहरूबाट यस्तै सहयोग, सर सल्लाह अनि सुझावहरू पाउने आशा व्यक्त गरेका छन्। हाल यस मन्दिर निर्माण अनि पूजा आयोजना गर्नको निम्ति स्थानीय युवाहरू अझ सक्रिय रूपमा अघि आएको देखियो। हाल यहाँ आउने भक्तजनहरूको सुविधाहेतु अस्थायी रूपमा मन्दिरमा टिनको छानो लगाइएको छ भने मन्दिरसम्म पुग्नको निम्ति केही वर्षअघि सयदिने रोजगार मार्फत् बनाइएको सानो बाटो छ। यसको पनि निर्माण गरिनुपर्ने देखिन्छ। मन्दिर निर्माणको निम्ति स्थानीय युवाहरूले चन्दा पनि संग्रह गरिरहेका छन्। जसलाई सबैको सहयोगको आवश्यकता रहेको देखिन्छ।









