आगामी पञ्चायत चुनावलाई लिएर भागोप्रमोको गिताङ्गे बुथ कमिटीको सांगठनिक सभा

IMG-20230508-WA0235.jpg

खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत गिताङ्गेमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको सांगठनिक सभा सम्पन्न भएको छ। गिताङ्गे बुथ कमिटीको सांगठनिक सभा बिजय छेत्रीको अध्यक्षतामा सम्पन्न भएको छ भने सभालाई मणिकुमार विश्वकर्मले सञ्चालन गरेका थिए। सभामा विशेषगरी आगामी पञ्चायत चुनावलाई लिएर पार्टीको सांगठनिक गतिविधि तेज गरेर लाने साथै आगामी दिनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई गिताङ्गे बुथ कमिटीमा सांगठनिक रूपमा सक्रिय बनाएर लाने निर्णय लिएको छ। उक्त सांगठनिक सभालाई हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन खरसाङ महकुमा समितिको सदस्य एंव गिताङ्गे युनिट कमिटीको सभापति सुमित छेत्री, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा तीनधारे महानदी समष्टिको सभापति राजीव थापा आदिले वक्तव्य राखेका थिए। सभामा भागोप्रमो गिताङ्गे बुथ कमिटीको पदाधिकारीहरू, नारी, युवा, ट्रेड र अन्य भातृ संगठनहरूका प्रतनिधिहरू उपस्थित रहेका थिए भने सभामा गिताङ्गे क्षेत्रका सामाजिक कार्यकर्ताहरू पनि उपस्थित रहेका थिए। यसै सभामा आगामी ग्राम पञ्चायत चुनावमा गिताङ्गे बुथबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई बिजय बनाउने अठोट गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement