मुख्यमन्त्री पीएस गोलेबारे पूर्व मुख्यमन्त्रीको बयानमा आह्रिसको गन्ध छः बिरेन्द्र तामलिङ

photocollage_2022620225128322.jpg

गान्तोक। राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङलाई सबैभन्दा कमजोर मुख्यमन्त्री भन्ने पूर्व मुख्यमन्त्री पवन चामलिङको बयानको राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले पूर्ण निन्दा गरेको छ। यसका साथै एसकेएम पार्टीले पूर्व मुख्यमन्त्रीको सो बयान गैर-जिम्मेवार रहेको ठहर गरेको छ। पार्टीका प्रचार-प्रसार प्रकोष्ठका उपाध्यक्ष प्रभारी वीरेन्द्र तामलिङले आज एक प्रेस विज्ञप्ति जारी गरेर पूर्व मुख्यमन्त्रीको वक्तव्यमा आह्रिसे प्रवृत्तिको गन्ध आएको बताएका छन्। कसैले मपाई नभनी आफैलाई तपाईं भन्दै म सबैभन्दा लामो समयसम्म मुख्यमन्त्रीको चौकीमा बस्ने मान्छे हुँ भन्ने हुँकार पिट्ने पूर्व मुख्यमन्त्री पवन चामलिङले २५ वर्षसम्म किन केही गर्नु सकेन भन्ने एसकेएम प्रचार-प्रसार प्रकोष्ठका उपाध्यक्ष प्रभारी तामलिङले प्रश्न गरेका छन्। मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले ३ वर्षमै उल्लेख्य कार्य गरेको देखेर पूर्व मुख्यमन्त्रीलाई ईष्या लागेको उनको बयानले नै प्रष्ट बुझिएको उपाध्यक्ष प्रभारी तामलिङले दावी गरेका छन्।

About Author

Advertisement