विधायक आदित्य गोलेले प्रदान गरे ३० लाभार्थीलाई दुहुना गाई

IMG-20220620-WA0133.jpg

सोरेङ। सोरेङ जिल्लाको टिम्बुरबुङ ग्राम पञ्चायत एकाईका ३० जना लाभार्थीलाई क्षेत्र विधायक आदित्य गोलेको बाहुलीबाट दुहुना गाई वितरण गरियो। सीएसआर कोष अन्तर्गत टिस्टा ऊर्जा लिमिटेडको सहयोगमा आज पहिलो चरणको सहुलियत वितरण गरिएको हो।

उल्लेख्य छ, राज्यमा स्थापित कुनै पनि कम्पनीले प्रतिवर्ष आफ्नो राजस्वबाट दुई प्रतिशत वित्तीय सहयोग सरकारलाई ‘सामाजिक जिम्मेवारी कोष’-को नाममा अनिवार्य रूपमा प्रदान गरिनुपर्ने नियम रहेको हुँदा टिस्टा उर्जा लिमिटेडले प्रदान गरिएको उक्त कोषबाट जिल्ला कार्यलय र पशुपालन एवं चिकित्सक सेवा विभागमार्फत लाभार्थीहरुलाई दुहुना गाई सँगसँगै आहार र भिटामिन वितरण गरिएको छ।

सहुलियत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै विधायक आदित्य गोलेले ग्रामीण भेकका कृषकहरुको आफ्नो आयस्रोतमा बढोत्ती गर्नको साथै उनीहरूको निम्ति जीविकोपार्जनको राम्रो माध्यम हुनसक्ने धारणाको साथमा यसरी दुहुनो गाई सहुलियतको रूपमा वितरण गरेको विधायक गोलेले बताएका छन्। उक्त सहुलियत सीएसआर योजना अन्तर्गत टिम्बुरबुङमा दोस्रो चरणमा ३० जना लाभार्थीहरुलाई दुहुना गाई ५० हजारको बीमासहित प्रदान गरिएको अनि लाभार्थीहरुले प्राप्त गरेका यी गाईहरुलाई राम्रोसँग रेखदेख गरेर थप आयस्रोतको माध्यम बनाउनुपर्ने विधायक गोले लाभार्थीहरुला अपील गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement