गान्तोक। गत केही दिन अघि उत्तर जिल्लामा सडक दुर्घटनामा परि मृत्यु हुने चालकका परिवारलाई राहत राशि प्रदान गरियो। राज्यका यातायात विभाग मन्त्री सञ्जीत खरेलले सहयोग स्वरूप एक लाख रूपियाँ पीडित परिवारलाई प्रदान गरे। यसरी सरकारको तर्फबाट मन्त्रीले पीडित परिवारलाई राहत राशि प्रदान गरेकोमा एसकेएम चालक मोर्चका समन्वय कमल तामाङ, सचिव निमा लामा र मुख्य संयोजक राजु ठटालले मन्त्री प्रति आभार प्रकट गरेका छन्। यसरी चालकहरूको आर्थिक समस्यालाई ध्यानमा राख्दै तत्काल राहत राशि प्रदान गरिनु चालकवर्गको निम्ति सबै भन्दा ठूलो विषय रहेको उनीहरूले बताएका छन्।









