नयाँ दिल्ली: फ्रान्सको संसदीय चुनावमा राष्ट्रपति इमेनुएल मेक्रोनलाई जोडदार झटका लागेको छ। दुई महिनाअघि मात्र राष्ट्रपति चुनावमा जित हासिल गर्ने मेक्रोनले फ्रान्सको नेशनल असेम्बलीमा बहुमत गुमाएका छन्। इमेनुएल मेक्रोन दुई महिनाअघि भएको राष्ट्रपति चुनावमा जित हासिल गरेपछि पुनः फ्रान्सको राष्ट्रपति बनेका थिए। उनको दोस्रो कार्यकाल १४ मईदेखि शुरू भएको छ। त्यसपछि भएको फ्रान्सको संसदीय चुनावमा मेक्रोनको मध्यमार्गी गठबन्धनले स्पष्ट बहुमत हासिल गर्न चाहन्थ्यो ताकि उनले आफ्नो चुनावी वाचालाई पूरा गर्न सकुन्। नेशनल असेम्बलीको ५७७ सीटको निम्ति भएको यस चुनावमा मेक्रोनलाई अपेक्षित सफलता हासिल भएको छैन। नेशनल असेम्बलीमा बहुमतको निम्ति २८९ सीटको खाँचो छ तर मेक्रोनको गठबन्धनलाई केवल २४५ सीटसित नै सन्तोष गर्न परेको छ। यी स्थितिहरूमा उनले नेशनल असेम्बलीमा बहुमत गुमाएका छन्।
यी चुनावहरूमा दक्षिणपन्थी नेता मरीन ली पेनको नेशनल ऱ्याली पार्टी र वामपन्थी दलहरूका हिस्सामा ठूलो सफलता गएको छ। ली पेनको पार्टीले आठ सीटको बढ़तको साथ आफ्नो संख्या बललाई ८९ पुऱ्याएको छ। अर्कोतिर, वामपन्थ दलहरूको गठबन्धनलाई १३१ सीट हासिल भएको छ। संसदीय चुनावको यो परिणाम फ्रान्सको राजनीतिमा उथल पुथल मचाउने छ। प्रधानमन्त्री एलिजाबेथ बोर्नले स्थितिहरूलाई देशको निम्ति जोखिमपूर्ण ठहर गरेकी छन्। यस पाली संसदीय चुनाव मा केवल ४६.२३ प्रतिशत मतदाताहरूले मतदान गरे।










