प्रायोजित अक्षरहरू

00-1-Akshar

नवनिर्माण र शान्तिको बिउ छर्ने

क्यानभासभरि उम्रिएका छन् 

अचेल 

कृतिम र आफ्नै प्रतिबद्धतामा कैद भएका

प्रायोजित अक्षरहरू 

आज तिनीहरू नवनिर्माणकै निम्ति

अव्यवस्थित धारणाको घेराभित्र

सीमित भएर

अनशनमा बसेका छन् 

तर त्यो 

अनशन गर्दै गरेको पृष्ठभूमिमा

जातीय र गृहद्वन्दको

मौन तर भयङ्कर किसिमको समवेत राग

बजिरहेको छ

बजिरहेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *