गान्तोक: भारत सरकारको पूर्वोत्तर क्षेत्र विकास मन्त्रीका सचिव लोक रञ्जनले आज टाशीलिङ सचिवालयको कन्फरेन्स हलमा डोनर मन्त्रालयद्वारा अनुदान प्राप्त परियोजनाहरूको समीक्षा बैठकको अध्यक्षता गरे। बैठकमा राज्यका मुख्य सचिव भीबी पाठक र विभिन्न विभागका प्रमुखहरू उपस्थित थिए। सचिव लोक रञ्जनले भ्रमणलाई प्राथमिकता दिँदै परियोजनाहरूको समीक्षा गरे। उनले केन्द्र र सिक्किम सरकारका योजनाहरू तल्लो तहसम्म पुर्यायाउनु पर्ने भन्दै विकासका आवश्यकता र विभिन्न योजनाका कमजोरीहरू सञ्चालन गर्न अधिकारीहरूलाई आग्रह गरे।
मन्त्रालयअन्तर्गत जारी कोषको बारेमा एक पावरपोइन्ट प्रस्तुतीकरण पनि गरियो।जसमा राज्यका मुख्य सचिव पाठकले सबै जानकारी दिए। उनले राज्यमा विभिन्न कार्यको अवस्थाबारे प्रकाश पारे। बैठकमा विभिन्न परियोजनाहरू छलङ्गल गरियो। ल्हाटुक ठेकदेखि रोलेपसम्म सडक निर्माणबारे चर्चा भएको थियो। कैलाश मानसरोवर यात्राको पर्यटन पूर्वाधार विकासलाई प्रमुखता दिएको साथै केन्द्रीय योजनामा खानेपानी आपूर्ति अभिवृद्धि मंगनस्थित ङ्गुटबल रंगशालाको विकास ठोस ङ्गोहोर प्रशोधन परियोजनाबारे पनि छलफल भयो। नाम्चीमा पार्किङ उत्तर सिक्किमको कयुम जोङ्गुमा कनाका नजिकै नदीमा दुई लेनको पुलको निर्माण मंगनमा 70 पलङयुक्त नयाँ जिल्ला अस्पताल निर्माण पश्र्चिम सिक्किको गेजिङमा पानी आपूर्तिको विस्तार बायोमेडिकल वेस्ट व्यवस्थापन प्रणाली र हाई फ्लो अक्सिजन प्रणालीको सुदृढीकरणका लागि उपकरण खरिद सोरेंगमा पानी आपूर्तिको विस्तार पश्र्चिम सिक्किमको बर्से रोडोडेन्ड्रन अभयारण्य अन्तर्गत जान्दारामा पर्यटन क्षेत्रको विकास नाम्चीदेखि बर्धङसम्मको सडक विस्तार र सुधारबारे पनि जानकारी दिइयो।









