मन्त्री साम्डुप लेप्चाले गरे लुम पुलको निरीक्षण

IMG-20230507-WA0342.jpg

गान्तोकः राज्यका सडक एवम पुल विभाग मन्त्री साम्डुप लेप्चाले जङ्गुस्थित लुम-लिङयाङ पुलको निरीक्षण गरेका छन्। गत शुक्रबार परेको भारी वर्षाले कारण लोवर जङ्गुलाई जोडने एकमात्र पुल भत्काएपछि त्यहाँका मानिसहरू सम्पर्क विहिन बन्न पुगेका छन्।

विशेष गरेर एनएचपीसीको बाँध प्राकृतिक प्रकोपले ध्वस्त बनाएपछि माथिबाट झरेको चट्टानले पुल भत्किएको थियो। निरीक्षणको क्रममा मन्त्री लेप्चाले स्थानीयहरूलाई आवात जावत गर्न सुविधा प्रदान गर्ने हुते बेली ब्रिज बनाउने आश्वासन दिएका छन्। उनले सम्वन्धित विभागका अधिकारीहरूलाई शीघ्र समस्या समाधान गर्ने निर्देश पनि दिएका छन्। तीन चार महिनाभित्र अस्थायी पुल निर्माण गरिसक्ने र त्यतिबेलास्ममको निम्ति स्थानीयहरूले सहयोग पुऱ्याउनु पर्ने उनले आग्रह गरेका छन्।

About Author

Advertisement