खरसाङ: गोर्खा जनमुक्ति मोर्चालाई त्यागेर ५३ परिवारहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। यस विषयमा आजदेखि महारानीमा गोर्खा जनमुक्ति मोर्चा शून्य भएको छ भनी जोना तामाङले बताएका छन्। गोर्खा जनमुक्ति मोर्चाको महारानी शाखाका प्यारेन्ट बडी, नारी मोर्चा, युवा मोर्चा, ट्रेड युनियनका पदाधिकारी अनि सदस्यहरूले गोजमुमो त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्।
जोना तामाङले दिएको जानकारी अनुसार आज सामेल हुनेहरू ३७ परिवारहरु रहेका छन्। उनीहरू सबैले अनित थापाको सोचलाई समर्थन जनाउन नै उनीहरू पार्टीमा सामेल भएका हुन् भनी दाबी गरिएको छ। त्यसरी नै दिलाराम शाखाको गोजमुमोबाट १६ परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएका छन्। नारी मोर्चाका सदस्यहरुले शाखामा नै समर्थन जनाउने कार्यक्रम रहेको सारु सुब्बाले जनाएका छन्।









