बानरहाट: चिया श्रमिकहरूको हाजिरामा १५% भएको वृद्धिको विरोधमा आज भाजपा समर्थित भारतीय टी वर्कर्स यूनियनको तर्फबाट दलिय केन्द्रिय कमिटीको निर्देश अनुसार बानरहाट प्रखण्ड कार्यालयमा खण्ड विकास अधिकारीको माध्यमद्वारा श्रममन्त्री समक्ष एक ज्ञापन बुझाएका छन।ज्ञापन बुझाउन जान भन्दा अघि एक र्यालीको आयोजना पनि गरिएको थियो।उक्त र्याली चमर्ची मोड स्थित दलिय कार्यालयबाट शुरु भएर बजार हुँदै राष्ट्रिय राजमार्ग भएर प्रखण्ड विकास कार्यालय अघि आएर समापन भएको थियो।यस ज्ञापन दिने समयमा बानरहाट क्षेत्रका विभिन्न चियाबारीका श्रमिक साथै श्रमिक नेताहरू उपस्थित थिए। चियाबारीका महिला श्रमिकहरूले भने, वर्तमान जसरी महंगाई बढिरहेको छ यसको तुलनामा यो २३२ रूपियाँमा के हुन्छ। हामी चाहन्छौ चाडो भन्दा चाडो न्युनतम मजदुरी तय गरोस सरकारले यदि यस्तो नभए हामी जोडदार आन्दोलन गर्न पनि पछि नहट्ने बताए।हाजिराको निम्ति वार्ता भइरहेको समयमा अचानक श्रमिकहरूलाई अन्धकारमा राखेर राज्यका मुख्यमन्त्रीले एक राजनीतिक सभाबाट नै १५% वृद्धिको घोषणा गरेकी थिइन जसले गर्दा श्रमिकहरू आक्रोश बनेका छन्। आजको यस ज्ञापन कार्यक्रममा भारतीय टी वर्कर्स यूनियनका बानरहाट ब्लक सभापति जयराज विश्वकर्मा, सचिव सञ्जीत गुरुङ, तुलसी साहू, राजा जयसवाल, राहुल उराउँ, जगदीश छेत्री लगायत अन्य प्रतिनिधिहरू उपस्थित थिए।










