सिलगढी: सिलगढी महकुमाको फाँसीदेवाको घोषपुकुर ३१डी राष्ट्रिय राजमार्गमा सडक दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृतकको नाम सिद्धार्थ मालाकार हो। तिनी तरकारी व्यवसायी थिए। युवकको पाँच दिनअघि विवाह भएको थियो। तिनी आज घरबाट मोटरसाइकलमा घोषपुकुर जाँदै थिए। बाटोमा मोटरसाइकल अनियन्त्रित भई डिभाइडरमा ठोक्किँदा तिनको घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि स्थानीयले घोषपुकुर फडी पुलिसले शवलाई उद्धार गरी पोस्टमार्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा पठाएको छ।










