वाहनको चपेटमा पर्दा दुई युवकको मृत्यु

accident11-1.jpg

उत्तर दिनाजपुरः दुई युवकको वाहनको चपेटमा पर्दा मृत्यु भएको छ। घटना शनिवार अबेर राति दलखोला थाना क्षेत्रको बस्ताडाङ्गी क्षेत्रमा घटेको हो। मृतकहरूको पहिचान सूर्यपुर क्षेत्र निवासी सौरभ सरकार र दीपांकर मण्डलको रूपमा गरिएको छ।

जानकारी अनुसार, शनिवार राति दुई साथी बाइकमा राष्ट्रिय राजमार्ग संख्या-३१ छेउ पेट्रोल पम्पमा आएका थिए। बाइकमा पेट्रोल भरेर फर्किरहेको समय पूर्णिया गईरहेको एउटा वाहनले उनीहरूको बाइकलाई हिर्कायो। घटनापछि दलखोला थाना पुलिस घटनास्थलमा पुग्यो र दुवैलाई दलखोला प्राथमिक स्वास्थ्य केन्द्र ल्याइयो, जहाँ चिकित्सकहरूले दुवैलाई मृत घोषित गरे। दलखोला थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement