दार्जीलिङ: सोनादा पच्याङ समष्टि अन्तर्गत रिङटाङ क्षेत्रका युवा जमातहरूले गत धेरै दिन अधिदेखि नै हाम्रो पार्टीमा सामेल हुने इच्छा जनाउँदै आई रहेका थिए। आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले सोनादा पच्याङ समष्टिको भ्रमणमा निस्केका थिए। यसैक्रममा रिङटाङ क्षेत्रको युवा जमात हरूले पार्टी अध्यक्ष अजय एडवाडर्सको हातबाट पार्टीको झण्डा ग्रहण गरयो।हाम्रो पार्टीमा सामेल भएपछि अमित राई र रमेष राईले हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितादेखि हामी प्रभाहित भएका हौ। हाम्रो क्षेत्रको अझ धेर युवा जमातहरूले हाम्रो पार्टीमा सामेल हुने इच्छा जताई रहेका छन तर आज अचानक कार्यक्रमको आयोजना गर्न पर्दा अन्य साथी भाइहरू आजको कार्यक्रममा उपस्थित हुन सकेनन तर शीध्र नै अर्को कार्यक्रमको आयोजना गर्ने छौ त्यस अवधि अझ धेर युवा जमातहरूले हाम्रो पार्टीमा सामेल हुने तिनले बताए।हाम्रो पार्टीको भिजन र पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई हामी सोनादा पच्याङ समष्टिको धर धरमा पूराउँने छौ अनि सोनादा पच्याङ समष्टिलाई हामी हाम्रो पार्टीको किल्लाको रूपमा परिणत गर्ने छौ राईले भने। आजको समर्थन कार्यक्रममा रिङटाङ क्षेत्रका २० परिवारका युवाहरूले हाम्रो पार्टीलाई समर्थन जनाए अनि यी युवा जमातहरू लाई पार्टी अध्यक्ष अजय एडवाडर्सले पार्टीमा न्यानो स्वागत जनाउदै पार्टीको झण्डा सोम्पिए। यस अवधि हाम्रो पार्टीको केन्द्रीय कमिटि सदस्य एंव खरसाङ महकुमा समिति संयोजक सुमन बम्जन आदि पनि उपस्थित रहेको थियो।










