ट्रकले धक्का दिँदा एक व्यक्तिको मृत्यु तथा अर्को एकजना घाइते

accident11-1.jpg

सिलगढी: ट्रकले धक्का दिएपछि एकजना व्यक्तिको मृत्यु भएको छ भने अन्य एकजना व्यक्ति घाइते भएको घटना गत राति फुलबारी १ नम्बर अञ्चलको गोरामोड इलाकामा घटेको हो। पुलिस सूत्र अनुसार गत राति गोरामोड इलाकामा एउटा ट्रकले दुईवटा बाइकलाई पछिल्तिरबाट धक्का दिँदा एउटा बाइकमा सवारको मृत्यु भएको छ भने अन्य एकजना बाइक सवारको घाइते बताइएको छ। घटनाको खबर पाएर एनजेपी पुलिस घटनास्थलमा पुगेर घाइते व्यक्तिलाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लैजानको साथै एनजेपी थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement