अन्तर्राष्ट्रिय योग दिवस प्रतिवर्ष २१ जूनमा पालन गरिन्छ। यो दिन वर्षको सबैभन्दा लामो हुन्छ अनि योग गर्नाले मानिसहरूको आयु पनि लामो हुन्छ। पहिलोपटक अन्तर्राष्ट्रिय योग दिवस २१ जून २०१५ मा पालन गरिएको थियो। यसरी प्रतिवर्ष २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा पालन गरिनुपर्छ भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले २७ सितम्बर २०१४ मा संयुक्त राष्ट्र महासभामा भाषण दिएका थिए। जसमा तिनले भनेका थिए, ‘‘योग भारतवर्षको प्राचीन परम्पराको एउटा अमूल्य उपहार हो। जुन कला मस्तिष्क र शरीरलाई जोड्ने एकताको प्रतीक हो। मनुष्य र प्रकृतिको बीचमा सामञ्जस्यता हुन्छ, विचार, संयम् अनि पूर्ति प्रदान गर्छ एक आपसमा यसले स्वास्थ्य र सबलता प्रदान गर्दछ। यसर्थ आउनुहोस्, अन्तर्राष्ट्रिय योग दिवसलाई हामी स्वीकार गरौं।’’— श्री नरेन्द्र मोदी, संयुक्त राष्ट्र महासभा।
यसपछि संयुक्त राष्ट्र महासभाले २१ जूनलाई ‘‘अन्तर्राष्ट्रिय योग दिवस’’ रुपमा घोषणा गरेको थियो। त्यसक्रममा ११ दिसम्बर २०१४ को दिन संयुक्त राष्ट्र महासभाका १७७ जना सदस्यहरूद्वारा २१ जूनमा ‘‘अन्तर्राष्ट्रिय योग दिवस’’ पालन गरिने प्रस्तावलाई सहमति प्रदान गरियो। प्रधानमन्त्री नरेन्द्र मोदीको यो प्रस्तावलाई ९० दिनभित्र पूर्ण बहुमतले पारित गरियो, जुन संयुक्त राष्ट्र महासभामा कुना दिवस पालन गर्नका लागि सबैभन्दा कम समय थियो।
यसपछि पहिलोपटक अन्तर्राष्ट्रिय योग दिवस २१ जून २०१५ मा भव्यताका साथ पालन गरिने निर्णय लिइयो। यसका लागि १४ जून २०१५ को दिन दिल्लीको जवाहरलाल नेहरू स्टेडियममा पतञ्जली योगपीठ, हरिद्वारका एकजना संस्थापक बाबा रामदेवले एकदिनको योग प्रशिक्षण दिएका थिए। त्यो दिन घनघोर पानी परेको भए तापनि मानिसहरूले खुबै उत्साहका साथ प्रशिक्षण लिए। किनकि स्वस्थ रहनका लागि महर्षी पतञ्जलीद्वारा थालनी भएको भारतको पुरानो कलालाई विश्वमा प्रचार-प्रचार गरी चर्चामा ल्याउने कार्य बाबा रामदेवलगायत पतञ्जली योगपीठका अर्का संस्थापक आचार्य बालकृष्णले गरेका थिए। यसक्रममा प्रधानमन्त्री मोदीसङ्ग संयुक्त राष्ट्र महासभामा ‘‘अन्तर्राष्ट्रिय योग दिवस’’ पालन गरिने प्रस्ताव राख्ने अनि पारित गराउन जोड दिएका थिए।
क्रमैले पूर्व निर्धारित योजना अनुसार दिल्लीको इन्डिया गेटमा २० जून २०१५ कै दिन त्यहाँको सबै ठाउँमा भीडीओ एलइडी सिस्टम जोडिएको थियो। त्यसैको माध्यमबाट २१ जून २०१५ बिहान ७ बजेबाट ९ सम्म लाइव योग गरे। जसको सञ्चालन बाबा रामदेवले गरेका थिए भने नेतृत्व प्रधानमन्त्री मोदीले गरेका थिए ।जहाँ २ लाखभन्दा बढी सङ्ख्यामा उपस्थित भएका मानिसहरूले योग गरे। जुन कार्यक्रमको प्रचार-प्रसार राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका थिए। त्यसपछिदेखि प्रतिवर्ष २१ जूनमा अन्तर्राष्ट्रिय योग दिवस पालन गरिन्छ।
यस वर्ष २१ जूनमा पालन गरिने अन्तर्राष्ट्रिय योग दिवसको छुट्टै विशेषता रहने छ। यसका लागि प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेका छन्, भारत स्वाधीनताको ७५ वर्ष पुगेको अमृत महोत्सवको उपलक्ष्यमा ७५ जना केन्द्रीय मन्त्रीहरू देशका विभिन्न ७५ ठाउँमा उपस्थित रहेर योग कार्यक्रम सञ्चालन गर्ने छन्।
‘‘मानवताको लागि योग’’ नामक यो वर्षको योगको थीम आयुष मन्त्रालयले निश्चित गरेको हो। किनकि कोरोनाको गम्भीर अवस्थामा पनि योगले धेरै मानिसहरूको अर्थात् मानवताको सेवा गरेको थियो। यस पटकको योगले घरबाट बाहिर निस्कने समय नहुनेहरू सबैलाई घरैमा परिवारका सदस्यहरूसङ्ग बसेर यो गर्ने आह्वान गरेको छ।
यसपटकको अन्तर्राष्ट्रिय योग दिवसको लागि आयुष मन्त्रालयले विशेषरुपले विकलाङ्ग, ट्रान्सजेन्डर, महिलाहरू अनि बाल-बालिकाका लागि विशेष कार्यक्रमको आयोजना गरेको छ। ध्यान दिनुपर्ने कुरा यो छ, विद्यालयहरूमा योग शिक्षालाई अभिन्न अङ्गको रुपमा मानवीय मूल्यमाथि ध्यान दिइनेछ। केन्द्रीय सरकालाई आशा छ, यो वर्ष आयोजन गरिएको अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा ग्रामीण भेकका लाखौं मानिसहरूले सहभागिता जनाउनेछन्। किनकि कमन सर्विस सेन्टरहरूले यो प्रथालाई प्राथमिकता दिएको छ।
यो वर्षको आयोजनमा विभिन्न नयाँ कुराहरू पनि ल्याइँदैछ, त्यसमा ‘‘गार्जियन रिङ्ग’’ मुख्य रहेको छ। यो कार्यक्रम अन्तर्गत अन्य देशहरूमा रहेका भारतीय मिशनहरूद्वारा आयोजित आइ. डी. वाइ. विश्वभरीका कार्य़क्रमलाई डिजिटल फीडको माध्यम द्वारा एकैसाथ जोडिनेछ। यसको थालनी पृथ्वीमा सबै भन्दा पहिला सूर्य उदाउने देश जापानबाट गरिनेछ। यस कार्यक्रमका लागि विभिन्न देशहरूसङ्ग सम्पर्क गरिएको छ। यसरी नै विभिन्न देशका सहभागी योगकर्ताहरूको कार्यक्रमलाई सीधा प्रसारण पनि गरिनेछ। यो कार्यक्रममा आयुष मन्त्रालयले मोरारजी देशाई राष्ट्रिय योग संस्थानलाई पनि साथमा लिएको छ।
अन्तर्राष्ट्रिय योग दिवस २१ जूनमा नै पालन किन गर्नु भन्ने प्रश्नको उत्तर यस्तो छ—त्यो दिन ग्रीष्म संक्रान्तिमा पर्छ, यो दिन उत्तरी गोलार्धको सबैभन्दा लामो दिन हुन्छ, यसका साथै गर्मीको आधिकारिक थालनीको प्रतीक पनि हो।
योगको इतिहासलाई हेर्ने हो भने भारतमा ५औं शताव्दिदेखि योगको प्रचलनको थलनी भएको देखिन्छ। योग गर्नाले तन, मन स्वस्थ रहन्छ। योग गर्नाले मानमिसको दृष्टिकोण, शरीर अनि मनका सबै विभिन्न प्रणालीहरू लक्षित हुन्छ भने शरीर बलियो र लचिलो हुन्छ। स्वास्थ्यमा सुधार आउँछ, .सले आन्तरिक प्रणाली र अङ्गहरूको शुद्धिकरण हुन्छ, शरीरमा ऊर्जा वृद्धि हुन्छ। यसले शरीरमा स्थिरता ल्याउँछ भने मनमा शान्ति बनिरहनेछ। योग अभ्यास दिन हो रात, कुनै पनि समयमा गर्न सकिन्छ। लामो समयसम्म गर्न नपर्ने योगले क्षणभरमा नै शारीरिक र मानसिक आराम र तनाउलाई हटाउने यो कला महत्वपूर्ण कला हो। यीबाहेक विभिन्न प्रकारका योगाशनद्वारा शरीरको विभिन्न भागलाई लाभ दिलाउँछ।
पतञ्जली योगपीठले आफ्नो छत्रछायामा सातवटा स्वयंसेवी सङ्गठनहरूको गठन गरेको छ। जसमा गोर्खाहरूका लागि मात्रै भनेर बाबा रामदेव अनि आचार्य बालकृष्णले २०१३ मा ‘‘हाम्रो स्वाभिमान ट्रस्ट’’ नामक सङ्गठनको गठन गराएका छन्। यसका शाखा-प्रशाखाहरू देशभरी नै सक्रिय छन्। यसर्थ यी सबै शाखाहरूले आगामी २१ जूनमा ८ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजन गरेको छ। यसै क्रममा पश्चिम बङगाल राज्य समितिको प्रधान कार्यालय अन्तर्गत सिलगढीको मिलनमोड अवस्थित लिटल एञ्जल स्कूलमा आगामी २१ जूनमा ८ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजन गरेको छ। जसमा लिटल एञ्जल स्कूलको संयुक्त आयोजन रहेको छ। बिहान ७ बजेबाट थालिने यो निःशुल्क कार्यक्रममा सबैलाई निम्तो दिइएको छ। यसरी नै मा ‘‘हाम्रो स्वाभिमान ट्रस्ट’’ को कालेबुङ जिल्ला समितिले ‘‘हिमालयन योग संस्था’’ सित मिलेर मेला ग्राउन्डमा अनि कालेबुङ जिल्ला अन्तर्गत गोरूबथान प्रशाखाले युद्धबीर हाइ स्कूल मैदानमा ८ औं अन्तर्राष्ट्रिय योग दिवसको आयोजन गरेको छ। बिहान ७ बजेबाट थालिने यो निःशुल्क कार्यक्रममा सबैलाई निम्तो दिइएको छ।








