अग्निकाण्डको घटनाले अफरा तफरी

IMG_20220619_230227.jpg

जलपाईगढ़ी। मालबजार नगरपालिकाको वार्ड नम्बर आठको दक्षिण कोलोनी क्षेत्रमा आइतरवार बिहान अग्निकाण्डको घटनाले अफरा तफरी मचियो। यस अग्निकाण्डमा प्रबीर कृष्ण साहाको घरमा राखिएको टोटो र एक स्कूटी जलेर स्वाहा भयो। यस बाहेक आगोमा धेरै समानहरू पनि क्षतिग्रस्त भएका छन्।

स्थानीय सूत्रअनुसार, आज बिहान लगभग ७ बजी मानिसहरूले प्रबीर कृष्ण साहाको घरबाट धुआँ निस्केको देखे। यसपछि सबै आगो निभाउनमा जुटे। पछि मालबजारको दमकलको गाड़ी घटनास्थलमा पुग्यो। जसपछि अथक प्रयासपछि दमकलकर्मीहरूले आगो निभाए। दमकल कर्मीहरूको प्राथमिक अनुमान अनुसार, आगो सट सर्किटको कारण लागेको हो। दमकल विभागले पूरा मामिलाको जाँच गरिरहेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement