विद्या भारती सिक्किमबाट पूर्णकालिक मिलनमा दुई प्रतिनिधि

IMG_20220619_224617.jpg

गान्तोक। ओडिशाको पारादिप सरस्वती शिशु मन्दिरमा      १८ जून देखि शुरू भएको विद्या भारती पूर्व क्षेत्रको पूर्णकालिक मिलन २१ जून सम्म जूनसम्म चल्नेछ। यस कार्यक्रममा विद्या भारती सिक्किमबाट दुई प्रतिनिधि संयोजक मोहन शर्मा र कार्यालय सचिव सूर्य धितालले भाग लिइरहेका छन्।

पूर्णकालिक मिलन कार्यक्रममा पूर्व क्षेत्र अन्तर्गत असम, उत्तर बंगाल, दक्षिण बंगाल, ओडिशा र सिक्किम गरी जम्म ८० जना पूर्णकालिक कार्यकर्ताहरू सहभागी छन्। पूर्णकालिक कार्यकर्ताहरूले आगामी २१ जनू अन्तरराष्ट्रिय योग दिवसमा पनि भाग लिनेछन्। उक्त दिन ५ हजारभन्दा धेरैको उपस्थितिमा योग सम्पन्न गरिने जानकारी संयोजक शर्माले दिएका छन्।

About Author

Advertisement