हाँसीमारा भोला नाला दखलमुक्त गर्नुपर्ने भर्नाबारी बासिन्दाहरुको माग

Hansimara

कालचिनी: पुरानो हाँसीमारास्थित भोलानालाको पानी जम्मै छताछुल्ल भएर भर्नाबारी चियाबारीको श्रमिक लाइनमा पसेर गाउँलेहरु विरक्त भएकोले आइतबार भर्नाबारी चियाबारीको जम्मै गाउँलेहरु उक्त भोलानाला दखल गरेर त्यसमाथि घर बनाउनेहरु विरुद्ध हल्लाखल्ला गरेको थियो। भर्नाबारी चियाबारी बासिन्दाहरुले जहिले पनि वर्षाकालकमा यो भोलानालाको पानी बगेर भर्नाबारी लाइनमा पसेर श्रमिकहरुको घरहरु डुबाउमा पर्ने गरेको र भोलानालामाथि बहुतले बिल्डिङहरु बनाएर बस्नेहरुले नाला चापेकोले त्यहाँबाट बग्ने पानी छलाछुल्ल भएर भर्नाबारी श्रमिक लाइनमा आउने गरेको र यसले श्रमिकहरुको घर आँगनमा फोहोर पानी पसेर श्रमिकहरु विभिन्न रोगको शिकार भएको जनाएका छन्। यसविरुद्ध प्रशासनले कारबाही नगरेको आरोप पनि भर्नाबारी बासिन्दाहरुले लगाएका छन्। यता कालचिनी ब्लक प्रशासन सुत्रले समस्याको छानबीन भइरहेको र यसमाथि केही पदक्षेप लिने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement