तृणमूल प्रार्थी नलिनी रञ्जन रायद्वारा चुनाउ प्रचार

IMG_20220619_212618.jpg

सिलगढी: आगामी २६ जूनको दिन सिलगढी महकुमा परिषद् चुनाउलाई लिएर सबै राजनैतिक पार्टीका प्रार्थीहरू आ-आफ्नो चुनाउ प्रचारमा व्यस्त छन्। यसै क्रममा तृणमूल प्रार्थी नलिनी रञ्जन रायले आज पार्टीका नेता तथा कार्यकर्ताहरूलाई साथमा लिएर बाघडुग्राको अर्ड चियाकमानमा चुनाउ प्रचार गरे। यस विषयमा नलिनी रञ्जन रायले भने, चुनाउ प्रचार अवधि मानिसहरूबाट राम्रो प्रतिक्रिया पाइरहेकोले चुनाउमा आफ्नो जीत हुने कुरामा सय प्रतिशत आशावादी छु। महकुमा परिषद् चुनाउमा तृणमूलले विपुल मतले जीत हासिल गरेर बोर्ड गर्ने तिनले बताए।

About Author

Advertisement