पार्षद दिलीप बर्मनको नेतृत्वमा ७४ वटा रुखको विरुवा रोपण

IMG_20220619_211102.jpg

सिलगढी: वार्ड पार्षद दिलीप बर्मनले वार्डलाई हरियालीयुक्त बनाउने उद्देश्य लिएर नयाँ पहल शुरू गरेको छ। तिनले सिलगढीको ४६ नम्बर वार्ड अन्तर्गत श्रीगुरू विद्या मन्दिर स्कुलदेखि लिएर चम्पासरीसम्म सड़कको माझमा रहेको डिभाइडरमा १२० वटा रुखको विरुवा रोप्ने लक्ष्य राखेका छन्। उक्त विरुवालाई बचाउनको लागि त्यहाँ फलामको गार्ड पनि लगाइएको छ। यसको साथै तिनले दोकानेहरूलाई दिनहुँ ती विरुवाहरूमा पानी हाल्ने अपील पनि गरेका छन्। वार्ड नम्बर ४६ मा आज एउटा कार्यक्रम अन्तर्गत पार्षद दिलीप बर्मनको नेतृत्वमा वर्डमा ७४ वटा रुखको विरुवा रोपियो। उक्त कार्यक्रमको शुरूआत नगरनिगमका चेयरम्यान प्रतुल चक्रवर्तीले गरे। उक्त कार्यक्रममा एक नम्बर बोरो चेयरम्यान गार्गी च्याटर्जी, एक नम्बर टाउन अध्यक्ष गोपाल साहा लगायत अन्य नेता तथा कार्यकर्ताहरू उपस्थित थिए। यस अवसरमा वार्ड पार्षद दिलीप बर्मनले भने, चुनाउ अवधि तिनले वार्डलाई हरियालीयुक्त बनाउने वाचा गरेकोले उक्त वाचालाई पुरा गर्दै तिनले वार्डभरिमै १२० रुखको विरुवा रोप्ने लक्ष्य राखेका छन् भने आज वार्डमा ७४ वटा रुखको विरुवा रोपिएको तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement