मानव कर्मठ संघको पहलमा विभिन्न प्रजातिको विरूवा रोपियो

IMG-20220619-WA0146.jpg

गान्तोक। मानव प्रगति कर्मठ संघ माथिल्लो लिङ्चोम खोरङले आज विभिन्न कार्यक्रममाझ वार्षिक विरूवा रोप्दै सरसफाइ कार्यक्रम आयोजना गऱ्यो।
वर्ष १९७३ मा स्थापना भएको माथिल्लो लिङ्चोम मानव प्रगति समाजले आज वार्षिक उत्सवको अवसरमा ग्रामीण सफाइ अभियानसँगै विरूवा रोपन साथ दिवसलाइ पालन गरेको हो। पश्चिम जिल्लाको गेजिङ जिल्ला अन्तर्गत पर्ने याङ्थाङ क्षेत्रको माथिल्लो लिङ्चोमका परिवारले आज सामुहिक रुपमा यहाँको खोरुङ प्राथमिक पाठशाला जाने पैदल बाटो बनाउनका साथै स्कूल परिसरमा सफाइ गर्दै विरूवा रोपन गरेको छ। यसरी नै समाजले पेलिङ- देन्ताम सडकका किनारा र यहाँको कुन्जाङ छोलिङ गुम्बामा पनि सर सफाई गर्दै विरूवा रोपन गरेको जानकारी गराएको छ।

समाजले आफ्नो स्थापना कालदेखि नै ग्रामीण सफाई अभियानलाइ वार्षिक रुपमा मनाउँदै आएको र यस बाहेक स्वास्थ्य ,शिक्षा लगायत अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। आजको कार्यक्रम शुरु हुन अघि प्रत्येक परिवारबाट भेला भएका नागरिकहरुले विभिन्न प्रजातिका बिरुवा रोपे। समाजको वार्षिक उत्सवलाइ मनाउन यस कार्यक्रमको आयोजना गरेको समाज सभापति तिल बहादुर गुरुङले बताए । कार्यक्रमलाइ सफल गराउन लिङ्चोम – तिकजेक ग्राम पञ्चायत एकाइका सभापतिको महत्वपूर्ण भूमिका रहेको बताउँदै समाजको दिशा निर्देशमा स्कूलको खेलमैदान निर्माण गर्न समाज लागि परेको गुरुङले बताए।
आफ्नो गाउँको बिकासमा समाजको महत्त्वपूर्ण भूमिका रहने भएको र नानीहरुलाई पनि समग्ररुपमा बोट बिरुवाको ज्ञान् हुन जरुरी रहेको बताउँदै बोट- बिरुवालाइ रोपेर मात्रै हुँदैन यसको संरक्षण पनि गर्नु पर्ने आग्रह गरे।

About Author

Advertisement