सिंगताम: २०९औँ भानु जयन्ती समारोहका लागि सिंगताम नगर पञ्चायत सामुदायिक हलमा समन्वय बैठक सम्पन्न भयो। सभालाई सिक्किमका मुख्यमन्त्रीका सल्लाहकार रोहितराज महाराजले बैठकमा सभाध्यक्षता गरेका थिए। श्री भानु प्रधान (ओएसडी टू एचसीएम), सुनिता गौतम (अध्यक्ष – आरडीडी), केबी छेत्री (संयुक्त निर्देशक, शिक्षा विभाग), एसबी गुरुङ (एसएचओ सिंगताम), सुरेश प्रधान (प्राचार्य सिंगताम एसएसएस), एलएन प्रधान, केबी बानियालगायत विशिष्ट अतिथिहरू अनि श्रीमती परवीन खान, शशि गुरुङ, आर ल्हामु तथा समाजका विभिन्न वर्गका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

बैठकले नेपाली आदिकवि भानु भक्त आचार्यको २०९औँ जन्मजयन्ती भव्यताका साथ मनाउने निर्णय गरेको छ। महोत्सवलाई सुचारु रुपमा सम्पन्न गर्न एक समितिको छनोट गरिएको छ।
भानु जयन्ती समारोह समितिमा मनोनयनमा परेका विशिष्ट व्यक्तिहरु यस प्रकार छन् – सल्लाहकार (श्री सुरेश तामाङ, (अध्यक्ष, सिंगताम नगर पञ्चायत) र उनका पार्षदहरु, र अन्य। अध्यक्ष – डा. एमके शर्मा (स्वास्थ्य मन्त्री तथा क्षेत्रका विधायक खाम्दोङ– सिंगताम निर्वाचन क्षेत्र, उपाध्यक्ष – रोहित राज महाराज (मुख्यमन्त्रीका सल्लाहकार), श्री भानु प्रधान (मुख्यमन्त्रीका ओएसडी), श्री बीबी छेत्री (अध्यक्ष, सहयोग विभाग) र श्याम राई (सहायक निर्देशक खाद्य विभाग सिगताम), महासचिव – श्री मोहन प्रधान ‘नीरज’, संयुक्त सचिव – महेश दाहाल, कार्यक्रम संयोजक – श्री सुन्दर राई, कोषाध्यक्ष – श्री गजानन्द अग्रवाल तथा अन्यन्य रहेका छन्।
यस वर्ष भानु जयन्ती मनाउने मुख्य आकर्षण सिङ्तामको भानु उद्यानमा ‘आदिकवि’ भानुभक्तको आजीवन तामाको शालिग स्थापना हुनेछ, जहाँ पहिलो चरणको कार्यक्रमपछि दिनभरिको अर्को चरणको कार्यक्रम हुनेछ। कार्यक्रम स्थल प्रहरी चौकीको अगाडि सिंगताम बजारमा हुनेछ। रामायण पाठ, कविता पाठ, संस्कृति र विद्यार्थीका लागि परम्परागत भेषभुषा लगायतका प्रतियोगिताहरु आयोजना गरिने छ। अडिसनको मिति छिट्टै घोषणा गरिने छ। अर्को बैठक जुन २३ बिहीबारको दिन सम्पन्न हुनेछ।