सोनादा: म जीटीए चुनावमा जितेर गएको खण्डमा जीटीए सभाको पहिलो दिन नै मिलिङ चियाबारीको रंगशाला भवनलाई अम्बर गुरुङ रंगशालाको नाममा नामकरण गर्नेछु भनी रंगबुल धोतरिया रंगमुक समष्टिको निर्दलीय प्रार्थी राजेस चौहानले बताएका छन्। उनले आज आफ्नो पक्षमा समष्टीको मिलिङ चियाबारीमा सम्पन्न भएको चुनावी सभालाई सम्बोधन गर्दै यय समष्टीलाई विकसित गराउन कार्य गर्नेछु, यहाँ हामी शिक्षा, साहित्य, संगीत र कला क्षेत्र साथै सामाजिक क्षेत्रमा निक्कै अघि छौं र अझ विकसित गरेर लानलाई कार्य गर्नेछु भनी बताएका छन्। चौहानले अब हामी राम्रो समष्टी बनाउन कार्य गर्नपर्छ भन्दै आजसम्म तपाईहरूले दिनु भएको माया र साथको लागि धन्यवाद दिन्दै यसपाली पनि म पूर्ण आशा राखेको छु भनी बताए। उनले तपाईहरू सबैले आफ्नो आफ्नो गाउँतिर कसैलाई गाली नगरी चुनाव प्रचार गरिदिने निवेदन गर्दै आजसम्म समष्टीमा मैले जुन काम गरेको छु त्यसलाई जारी राख्नेछु र मेरो सहयोग सदैव रहनेछ भनी बताएका छन्। निर्दलीय प्रार्थी रोजेस चौहानले विगतका शासनहरूमा विकास नपुगेको विभिन्न गाउँहरूमा विकास पुराउनलाई कार्य गर्नेछु अनि विभिन्न गाउँहरूमा मानिसहरूको आवश्यकता अनुसार कार्य गर्ने र गाउँहरूलाई विकासित गराउन कार्य गर्ने अनि समष्टीभित्रका चियाबारी श्रमिकहरूको लागि पर्जा पट्टाको लागि पनि लगातार रुपमा कार्य गर्ने वचन पनि दिएका छन्।