महिला फूटबल टीमले स्वीडेनमा तीन देशको टुर्नामेण्टमा हिस्सा लिने, सुरेन छेत्री मुख्य प्रशिक्षक

IMG-20220619-WA0126.jpg

१९ जूनः भारतीय सीनियर महिला फूटबल टीमले तयारीहरूका निम्ति स्वीडेन यात्रामा डब्ल्यूयू२३ तीन देशहरूका टुर्नामेण्टमा हिस्सा लिनेछ। भारतीय टीमले २२-देखि २८ जूनसम्म हुने टुर्नामेण्टमा स्वीडेन र अमेरिका विरुद्ध खेल्नेछ। सुरेन छेत्रीले अन्तिम मुख्य प्रशिक्षकको रूपमा टुर्नामेण्टमा टीमको मार्गदर्शन गर्नेछन्, जो अण्डर-२० टीम र इण्डियन एरोन महिला टीमका पनि मुख्य प्रशिक्षक हुन्। भारतको २३ सदस्यीय टीम अहिले पुणेमा १३ जूनदेखि शुरु भएको अभ्यास शिविरमा रहेको छ। भारतले २२ जूनमा स्वीडेन अनि अमेरिका विरुद्ध २५ जूनमा म्याच खेल्नेछ।
भारतीय टीमः अदिति चौहान, एल देवी, श्रेया हुड्डा
डिफेण्डरः डालिमा छिब्बर, स्वीटी देवी, रितु रानी, आशालता देवी, रञ्जना चानू, मनीषा पन्ना, अरिफा सईद
मीडफिल्डरः अञ्जु तामाङ, कार्तिका अंगामुथु, रतनबाला देवी, प्रियंगका देवी, मार्टिना थाकचोम, सन्तोष
फरवर्डः अपूर्णा नरजारी, ग्रेस डांगमेई, सौम्या गुगुलोथ, मनीषा, प्याकी खाका, रेणु, दुलार मराण्डी।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *