सम्बन्ध विच्छेदपछि पूर्वप्रेमिकालाई डेटिङको खर्च करोड रुपियाँको माग

Boy-Friend-Girl-Friend-1

सांघाईका एक व्यक्तिले आफ्नो पूर्वप्रेमिकालाई डेटिङ गर्दा लागेको सबै खर्चको क्षतिपूर्ति दिन माग गरेपछि उनी चर्चामा छाएका छन्। सांघाइका एक अज्ञात व्यक्तिले आफूसँग ब्रेकअप भएको एक युवतीसँग डेटिङ गर्दा भएको खर्च माग गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्। सम्बन्धमा रहँदा खर्च गरेको पैसाको सम्पूर्ण सूची र प्रमाणसमेत उनले जुटाएका छन्। विस्तृत ‘ब्रेकअप लिस्ट’ले चिनियाँ सामाजिक सञ्जाल विबोमा चर्को बहस शुरु गरेको छ। धेरैले आफूलाई ती व्यक्तिको दाबीभन्दा पनि डेटिङको महिनौंदेखिका सबै खर्च सम्झने उनको क्षमताबाट चकित भएको बताएका छन्। ती व्यक्तिले तयार पारेको सूचीमा ‘दुई बोतल पानी’ जस्तो सामान्य खर्चदेखि ‘एक्स गर्लफ्रेन्डीकी’ बिमारी आमाको हेरचाह खर्चसमेत समावेश गरेका छन्।

उनको विस्तृत कागजातमा प्रत्येक खर्च जोडीलाई नै बाँडिएको थियो वा पूर्वप्रेमिका एक्लैले लाभ उठाएकी थिइन भन्नेसमेत उल्लेख छ। जस्तैः एउटा उदाहरणमा उनले ‘स्नयाक्स किन्न र त्यो सबै महिलालाई खुवाउन’ ३६ दशमलब १ युआन खर्च गरेका थिए। यस्तो अवस्थामा उनले उक्त स्न्याक्सको सम्पूर्ण खर्च महिलाले बेहोर्नुपर्ने उल्लेख गरेका छन्। अर्को उदाहरणले चाङनिङको एउटा रेस्टुरेन्टमा दुईजनाले डिनर लिएको उल्लेख छ। महिलाले खर्च गरेको रकमको ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन्। पूर्वप्रेमिकालाई अस्पताल भर्ना गर्न लागेको खर्चसमेत ‘खर्च सूचीमा’ समावेश गरेका छन्। त्यसपछि ती महिलाको मृत्यु भएको थियो। अन्तिम संस्कारमा उनी र उनका अभिभावकले आर्थिक सहयोग गरेका थिए। अहिले त्यो सबै खर्च उनले मागेका छन्। डेटिङ गर्दा समग्रमा उनले कुल ७२ हजार युआन खर्च गरेको दाबी गरेका छन् । तर, उनले ६ करोड १४ लाख ७ हजार २५ युआन क्षतिपूर्ति माग गरेका छन्।

About Author

Advertisement