छ दिनपछिमात्र नदीमा डुबेको नानीको मृतदेह भेटियो

drowning-1.jpeg

बाक्सा: सफाकामरमा बेकी नदीमा नौ वर्षीय बालकको मृतदेह भेटिएपछि क्षेत्रमा सनसनी फैलेको छ। यो बालक छ दिनअघि नुहाएको समय डुबेको थियो।शुक्रवार बेकी नदीमा एक मृतदेह देखिएपछि स्थानीय मानिसहरूलाई पुलिसलाई सूचित गरे।पुलिसले घटनास्थलमा पुगेर लाशलाई नदीबाट बाहिर निकाल्यो। लाशको पहिचान नौ वर्षीय तहरूल शेखरको रूपमा गरिएको छ, जो छ दिनअघि बेकी नदीमा नुहाएको समय डुबेको थियो। एसडीआरएफले स्थानीय मानिसहरूको साथ मिलेर नानीलाई पूरै खोजेको थियो तर उसको पत्तो लागेको थिएन। पुलिसले शवलाई पोस्टमार्टमको निम्ति अस्पतालमा पठायो। नानीको शव भेटिएपछि पूरा क्षेत्रमा शोकको लहर छ। पुलिसले यस सम्बनधमा एक प्राथमिकी दर्ता गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement