लाखौं रुपियाँको ब्राउन शुगरको साथमा पक्राउ

arrested-1639655671.jpg

बाघडुग्रा: एसओजी अनि बाघडुग्रा पुलिसले ८०० ग्राम ब्राउन शुगर सहित चार जनालाई पक्राउ गरेको छ। पक्रा पर्नेहरूमा एकजना महिला उत्तरा विश्वास (३८) पनि सामेल छन्। अन्य आरोपीहरू सञ्जय विश्वास (४२), विक्रम बागची (२३ ) र अरुण मण्डल (३२) हुन्। यीमध्ये उत्तरा र सञ्जय सिलगढीको समरनगर निवासी अनि अरुण र विक्रम फाँसीदेवाको टामबाड़ीका वासिन्दा हुन्।पुलिस सूत्र अनुसार बिहिबार राति गोप्य सूत्रको आधारमा बाघडुग्रा पुलिस अनि एसओजी ले बाघडुग्राको भुट्टाबाड़ी इलाकामा संयुक्त अभियान चलाएर एउटा चारचक्के वाहनलाई रोकेर छानबिन गर्दा लाखौं रुपियाँको ब्राउन शुगर उद्धार गरेको छ। यसपछि एकजना महिला समेत चार जनालाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

About Author

Advertisement