शंघाई सहयोग संगठनका विदेश मन्त्रीहरूको बैठकमा जयशंकरले उठाए आतंकवादको मुद्दा

Untitled-1

नयाँ दिल्लीः शंघाई सहयोग संगठन (एससीओ)-को बैठकमा विदेश मन्त्री एस जयशंकरले शुक्रवार पाकिस्तानको नाम उच्चारण नगरी उसको आलोचना गऱ्यो। विदेश मन्त्री जयशंकरले सीमा पारी आतंकवाद सहित ‘आतंकवादको जोखिम’ विषयमा कड़ा बयान दिए। उनले भने, एकातिर सारा दुनियाँ कोभिडसित लड़िरहेको थियो भने अर्कोतिर आतंकवादको जोखिम जारी थियो ।विदेश मन्त्रीले गोवामा आयोजित एससीओ विदेश मन्त्री शिखर सम्मेलनको दोस्रो दिन सदस्यहरूलाई याद दिलाए, आतंकवादको सामना गर्नु एससीओका मूल उद्देश्यहरूमध्ये एक हो। आफ्नो प्रारम्भिक सम्बोधनमा उनले भने, आतंकवादलाई कुनै पनि प्रकारले सही ठहराउन सकिँदैन। सीमा पारी आतंकवाद सहित यसका सबै प्रारूपहरूलाई रोकिनुपर्छ। आतंकवादी गतिविधिहरूको धन उपलब्ध गराउने सबै च्यानलहरूमाथि भेदभाव नगरी रोक लगाउनुपर्छ।

विदेश मन्त्री जयशंकरले भने, भारत एससीओमा बहुमुखी सहयोगको माध्यमबाट विकास, शान्ति र स्थिरतालाई प्रेरित गर्नेलाई अत्यधिक महत्व दिँदछ। एससीओ अध्यक्षको रूपमा भारतले १४ भन्दा अधिक सामाजिक-सांस्कृतिक कार्यक्रमहरूमा एससीओ पर्यवेक्षक एवं सम्वाद अंशदारीहरूलाई भाग लिनको लागि आमन्त्रित गरी उनीहरूसित जोड़िने काम गरेको छ। उनले भने, एससीओको तेस्रो आधिकारिक भाषाको रूपमा अंग्रेजीलाई स्थापित गर्नको लागि भारतले विगत लामो समयदेखि गर्दै आइरहेको मागको लागि सदस्यहरूको समर्थन चाहन्छ। यसबाट अंग्रेजी बोल्ने सदस्य देशहरूसितको गठबन्धन बलियो हुनेछ।यसपूर्व विदेशमन्त्री एस जयशंकरले विभिन्न देशका विदेश मन्त्रीहरूलाई स्वागत जनाए। उनले एससीओ विदेश मन्त्रीहरूको परिषदको बैठकको लागि चीनीयाँ विदेश मन्त्री किन् गांग, रूसी विदेश मन्त्री सर्गेई लावरोव, पाकिस्तानी विदेश मन्त्री बिलावल भुट्टो जरदारी लगायत किर्गिस्तान, कजाकिस्तान, उज्बेकिस्तान औ ताजिकिस्तानका विदेश मन्त्रीहरूलाई स्वागत गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement