मणिपुरको स्थितिलाई ध्यानमा राखेर केन्द्रिय गृहमन्त्रीले रद्द गरे कर्नाटक भ्रमण, मामिलामाथि नजर राखिरहेका छन्

Untitled-1-copy-38

नयाँ दिल्लीः केन्द्रिय गृहमन्त्री अमित शाहले मणिपुरको स्थितिलाई मध्यनजर गर्दै शुक्रवार आफ्नो कर्नाटक यात्रालाई रद्द गरेका छन्। उनले त्यहाँको स्थितिमाथि निरन्तर नजर राखिरहेका छन् तथा शान्ति बहालीको निम्ति निरन्तर सम्वाद गरिरहेका छन्।गृह मन्त्रालयको सूत्र अनुसार गृहमन्त्री शाहले मणिपुर हिंसामाथि नजर राखिरहेका छन्। उनले मणिपुरमा शान्ति बहालीको निम्ति शुक्रवार सम्बन्धित वरिष्ठ अधिकारीहरूसित बैठक पनि गरे। सूत्रको भनाइ छ, अब मणिपुरमा स्थिति नियन्त्रणमा छ।

शाहले हिजो भीडियो कन्फ्रेन्सिङको माध्यमबाट मणिपुरको स्थितिलाई लिएर नागाल्याण्ड, मिजोरम औ असम सहित अन्य छिमेकी राज्यका मुख्यमन्त्रीहरूसित बातचित गरेका थिए। उल्लेखनीय छ कि मणिपुरमा आदिवासी आन्दोलन अवधि गए बुधवार राज्यका केही जिल्लाहरूमा हिंसात्मक गतिविधि भएको थियो, त्यसपछि राज्य सरकारले आगामी पाँच दिनसम्मको लागि इन्टरनेट सेवा बन्द गरिदिएको छ। यसको साथै इम्फाल पश्चिम, काकचिंग, थौबल, जिरिबाम, बिष्णुपुर, चुराचाँदपुर, काँगपोकपी र तेंगनौपाल जिल्लामा कर्फ्यू लगाइएको छ। स्मरण गराइन्छ, आगामी कर्नाटक विधानसभा चुनाउको निम्ति केन्द्रिय गृहमन्त्री अमित शाहको आज कर्नाटकमा चुनाउ ऱ्यालीहरूलाई सम्बोधन गर्ने कार्यक्रम थियो।

About Author

Advertisement